२९ जेठ, बेलका । बेलका एफ.एम लाई १ लाख भन्दा बढी पर्ने डिजिटल क्यामेरा सहयोग प्राप्त भएको छ। लामो समय देखी अमेरीका बसोबास गर्दै आईरहनु भएका समाजसेवी राज बरालले उक्त क्यामेरा सहयोग गर्नुभएको हो। बेलका एफ.एम सन्चालक समितीको टिमलाई क्यामेरा हस्तान्तरण गर्दै!

आगामी दिनमा पनि आवश्यक परेको खण्डमा आफुले सक्ने अन्य सामग्री हरु समेत सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ। सन्चालक समितीका अध्यक्ष महेन्द्र राईले यस सहयोगले बेलकामा आम सन्चार मार्फत सत्य-तथ्य सुचना तथा मनोरञ्जनको क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नुभयो। बेलका नेटवर्क प्रालि. द्वारा एफ.एम, अनलाईन न्युज र युट्युब च्यानल सन्चालन हुदै आईरहेको छ। रेडियो बेलका एफ.एम १००.९ मेगाहर्ज र अनलाईन न्युज लाई बिश्वका हरेक कुना बाट हाम्रो पात्रो साथै www.belakanetwork.com.np लगिन गरी सु्न्न र पढ्न सक्नु हुनेछ ।