
२७ माघ २०८० – बेलका। बेलका नगरपालिका वडा नं. ८ कोठु(कोसी पुल छेउ) मा करिब ७ करोड लगानीको होटल कोसी प्यालेस प्रा. लि. को उद्घाटन भएको छ। आज एक औपचारिक कार्यक्रमका बिच सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उक्त होटलको उद्घाटन गर्नु भएको हो।
पर्यटन प्रवर्द्धन गर्ने साथै पर्यटकहरुको लागी सफा र राम्रो सेवा प्रदान गर्ने उद्देश्यका साथ होटल संचालनमा ल्याएको लगानी कर्ता सम्पत राई ले बताए।