
५ पौष २०८० – बेलका। बोलबेलका नगरपालिकाको चिनारी “बेलका न.पा. घुमौला..” बोलको गीतको शुटिङ्ग(छायांकन) बेलका नगरपालिकाको विभिन्न ठाँउमा भइरहेको छ। बेलका नगरपालिका ९ रामपुर बजारमा अवस्थित रामपुर फ्रेस मिट सपको प्राङ्गणबाट विधिवत रुपमा हिजो पौष ४ गते सुरु भएको उक्त छायांकन आज बेलका नगरपालिका ९ को साकेला पार्क कमलाबारिमा छायांकन गरिएको छ। छायांकनको निर्देशक नबिन राइ ले गरिरहनु भएको छ र सिनेमाटोग्राफीमा दाल चन्द्र राई रहेको छ।

बद्री बिक्रम राई को शब्द संगीत रहेको सो गीतमा स्वयं बद्री बिक्रम राई, दिपक मोहोरा र अप्सरा विष्टको स्वर रहेको छ भने भिडियोमा मुख्य कलाकारको रुपमा सुसन राई र कबिता राई”मिकि) लाई देख्न सकिने छ र कोरसमा किरात राइ यायोक्खा बेलका नगरपालिका ९ को साकेला टोलिलाई देख्न सकिने छ।

यस गीतले बेलका नगरपालिकाको कलाकारिता क्षेत्रको बिकासमा टेवा पुर्याउनुका साथै यस पालिकाको बिबिध पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नमा सहयोग गर्न सक्ने गायक/रचनाकार तथा संगीतकार बद्री बिक्रम राई ले बताए।


