बेलका, २३ भाद्र २०८०। नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राई ले बेलकाको २ वटा बिधालयहरुको आज अवलोकन गर्नु भएको छ। बेलका नगरपालिका ८ को महाकाली माध्यमिक बिद्यालय चम्पापुर(०-१२) र बेलका नगरपालिका ३ को बेलका जनता क्याम्पसको अवलोकन गर्नु भएको हो।
महाकाली माध्यमिक बिद्यालय चम्पापुरका प्र.अ. हुकुम राई, बि. व्य. स. पदाधिकारी, नेता तथा स्थानीयले मन्त्री राईलाई खादा र फुल मालाले स्वागत गर्नु भएको थियो। बिद्यालयमा भौतिक पुर्वाधार, दरबन्दी शिक्षक कोटा लगायत अन्य आवस्यक कुराहरुको लागि पहल गरिदिनु हुन मन्त्री राईलाई आग्रह गर्नु भएको छ।
बेलकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पसमा पनि क्याम्पस प्रमुख सुमन कटुवाल, बि. व्य. स. पदाधिकारी, स्थानीय अभिभावकहरुले खादा र मालाले मन्त्री राईलाई स्वागत गर्नु भएको थियो। क्याम्पसमा भौतिक पुर्वाधार, कम्पाउण्ड घेराबेरा, हाल भोगचलन गरिरहेको जग्गाको धनीपुर्जा उपलब्धको लागि पहल गरि दिनु हुन त्यसैगरी ICT, र क्याम्पसमा व्यवस्थापन(बि.बि.एस.) मात्रै पठनपाठन भइरहेकोले बि एड (शिक्षा शास्त्र) संकायको लागि पनि पहल गरि दिनु हुन क्याम्पसले अनुरोध गर्नु भएको छ।
भोलि भदौ २४ गते बिहान बेलका नगरपालिका वडा नम्बर ९ रामपुर कमलावारी स्थित वरपीपल माध्यमिक बिद्यालयको अवलोकन मन्त्री राई ले गर्ने कार्यक्रम रहेको छ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।