२० जेठ २०८० – बेलका।
कृषि मन्त्री भक्ती प्रसाद सिटौला लाई उदयपुरमा पहिचानवादी पक्षधरले टायर बालेर नाराबाजी गर्दै कालो झण्डा देखाएका छन।
उदयपुरको गाईघाटमा एक कार्यक्रममा आएर फर्किने क्रममा बाटोमा पहिचान पक्षधरले सो क्रियाकलाप गरेका हुन। पहिचान पक्षधरले टायर बालेर करिब २० मिनेट चक्का जाम समेत गरेका छन। टायर बाल्ने क्रममा एक्कासि प्रहरी प्रशासनले आवेगको तालमा पहिचान पक्षधरलाई झम्ट्याए पछि सामान्य झडप पनि भएको छ।








