
३० बैशाख २०८० – बेलका । बेलका नगरपालिका जारी नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत बेलका ९ युवा तथा खेलकुद बिकास समिति र बेलका २ अजम्बरी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन। आज भएको खेलमा यी दुई टिमले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन।

आज पाचौं दिनको पहिलो खेल बेलका ९ युवा तथा खेलकुद बिकास समिति र बेलका ५ युवा तथा खेलकुद बिकास समिति बिच भएको हो। जसमा ४ – ० गोल अन्तरले जित हासिल गर्दै बेलका ९ सेमिफाइनल पुगेको छ। उक्त खेलमा म्यान अफ दि म्याच बेलका ९ का सन्दिप राई ले पाएका छन।

त्यसैगरी आजको दोस्रो खेल अजम्बरी युवा क्लब बेलका २ र सुनाखरी युवा क्लब बेलका ४ बिच भएको हो। जसमा १ – १ गोल ले खेल बराबरी भएता पनि यो भन्दा अघिल्लो खेलको स्कोरको आधारमा बेलका २ अजम्बरी युवा क्लब सेमिफाइनल पुगेको हो। उक्त खेलमा अजम्बरी युवा क्लबका सन्देश खत्री ले म्यान अफ दि म्याच पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि छैठौं दिनको पहिलो खेल बेलका बिकास समाज तथा दुधकोशी जनचेतना समाज र बेलका ६ युवा तथा खेलकुद बिकास समिति र बेलका ८ नेप्से युवा समुह बिच दिउँसो ३ बजे देखि हुनेछ भने दोस्रो खेल यलम्बर एकता सेवा समाज बेलका ८ र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब बेलका ३ बिच बेलुकी ५ बजेबाट खेल हुने छ। भोलि लिग को अन्तिम खेल पनि हो पर्सि १ गतेबाट सेमिफाइनल (नक आउट) खेल सुरु हुने छ।