Sunday, November 1, 2026
Date
आइत, कार्तिक १६, २०८३
Sun, November 1, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

Radio Belaka by Radio Belaka
१९ घण्टा अगाडि
in खेलकुद
0
तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

उदयपुर / उदयपुरको बेलका नगरपालिकामा तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ । बेलका नगरपालिका-६ स्थित लेकाली रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङले विजयी सुरुवात गरेको छ ।

You might also like

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

प्रतियोगिताको उद्घाटन बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गोल्डकपको सिल्ड अनावरण गर्दै गर्नुभएको हो ।

उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङले धनकुटाको डाँडाबजार एफसीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेल अवधिमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इस्ट स्टार स्पोर्टिङ क्लब मोरङका युवराज तामाङ म्यान अफ द म्याच घोषित भएका छन् ।

ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरको आयोजनामा ‘बेलकाको सान, खेलकुद विकासमा हातेमालो हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका चर्चित आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दुवै टोलीलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजक क्लबका खेल संयोजक देविन मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । नेवार समुदायको लाखे नाच, मगर समुदायको हुर्रा नाचलगायतका सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो । यस्तै, कोशी जनता रामपुरका एनसीसी विद्यार्थी तथा बेलका तेक्वान्दो डोजाङका खेलाडीहरूले मार्चपास प्रस्तुत गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलि आइतबार गोलबजार स्पोर्टिङ क्लब सिरहा र चिल्ड्रेन हार्ट एफए सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलका-६ स्थित लेकाली खेलमैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

Previous Post

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

Radio Belaka

Radio Belaka

Related Posts

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

by Radio Belaka
दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 PM - 5:00 PM

Up Coming Programs

  • Katha 3:00 PM - 5:00 PM
  • Geet 5:00 PM - 6:00 PM
  • Nepali Geet 5:00 PM - 6:00 PM

Recommended

‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Don't miss it

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly