जयराम पुर्वछाने
२१ असार, बेलका / बेलका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रमको सम्पन्न भएको छ।
बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की को प्रमुख आतिथ्यतामा अायाेजित कार्यक्रममा नगर प्रमुख कार्किले सामुदायिक वन र स्थानीय सरकार विचकाे सम्वन्धलाई मजवुद बनाउने बताउनु भयाे । विशेष अतिथि डिभिजन वन कार्यलय गाईघाटका प्रमुख गजेन्द्र श्रेष्ठले वन समितिले अाफुलाई चुरुस्त दुरुस्त राख्नु पर्ने बताए।

अधिकाङस समितिकाे अायु २० वर्ष रहने नियम हटाउनु पर्नेमा जाेड दिदै प्रमुख श्रेष्ठले समितिले राजस्व जाेगाउनकै निम्ति थाेरै मुल्यमा ठेकेदारलाई काठ दिन बाध्य भएको बताए। उनले वन समितिले अाफ्नाे क्षेत्रमा रहेकाे विद्यालयलाई अावश्यकता अनुसार १० प्रतिशत अनिवार्य काठ उपलब्ध गराउने कार्य याेजना अागामि अार्थिक वर्षमा अाउने बताए ।

बेलका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष बसन्त मगरको अध्यक्षतामा कार्यक्रममा उनले भने ´ स्थानीय स्तरमा गरिविकाे रेखा मुनि रहेकाे उपभोक्तालाई माथि उकास्नका लागि वन समिति राज्यलाई अावश्यक परेकाेले गठन गरिएकाे नभुलाै।´ वडामा रहेकाे वनकाे वार्षिक कार्यक्रम स्वीकृत वडाले गर्ने तर खर्च गरेकाे हिसाब किताब चाहिँ प्रमाणित गर्नु वडालाई नसम्झिने व्यभारकाे अन्त्य हुन अावश्यक रहेका अध्यक्ष मगर जाेड्छन्।

“सामुदायिक वनको संरक्षण, समृद्धिको मूल आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त अनुशिक्षण कार्यक्रमको उद्देश्य सामुदायिक वनको दिगो संरक्षण, प्रभावकारी व्यवस्थापन तथा स्थानीय सरकार र सामुदायिक वनबीचको विकास साझेदारीलाई थप सुदृढ बनाउनु रहेको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय, गाईघाटका प्रमुख गजेन्द्र श्रेष्ठज्यू, बेलका नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्यज्यू, सब–डिभिजन वन कार्यालय लालबजार, मैनामैनी तथा तपेश्वरीका प्रमुखहरू, साथै बेलका नगरभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
अनुशिक्षण कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधिहरूलाई वन संरक्षण, दिगो वन व्यवस्थापन, सुशासन, जैविक विविधता संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय तहसँगको समन्वयका विषयमा अनुशिक्षण प्रदान गरिएकाे छ। सहभागिहरुले लाेप हुन लागेकाे खयर लगायतका बिरुवाहरुकाे सङरक्षण हुन पर्ने, वन सिमाना हेरफेर तथा ६०/ ४० मा स्थानीय सरकारले कार्यक्रमहरु सञ्चालनमा जाेड दिएका थिए।
सहभागिहरुले एक सामुदायिक वन एक उत्पादनमा जाेड्न स्थानीय सरकारलाई सुझाव दिएकाे छ।

कार्यक्रमले सामुदायिक वनको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
बेलका नगरपालिकामा ५३ वटा सामुदायिक वनहरु रहेकाे छ।














