१४,पुष बेलका / उदयपुर जिल्लाको बेलका नगरपालिका शिक्षा शाखाद्वारा सञ्चालित बेलका नगर अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ पुस ११ गते देखि सुरु भएको प्रतियोगिता आज औपचारिक रूपमा समापन गरिएको हो।
प्रतियोगितामा बेलका नगरपालिका भित्रका २० वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। भलिबल, कबड्डी, तेक्वान्दो, सटफुट, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, दौड तथा रिले दौड गरी ९ विधामा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा श्री जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरी प्रथम हुन सफल भएको छ। उक्त विद्यालयले १६ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसै गरी श्री जनता मा.वी. पुरन्दह दोस्रो हुँदै ८ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै शिल्ड र प्रमाणपत्र हात पारेको छ।
तेस्रो स्थानमा श्री बरपिपल मा.वी. कमलाबारी रहँदै ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेको छ।
चौथो स्थानमा कोशी जनता मा.वि रामपुरले ३ स्वर्ण, ६ रजत र २ कास्य पदकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने श्री महाकाली मा.वि. चम्पापुर ३ स्वर्ण,२ रजत। श्री रामपुर पब्लिक एकेडेमी रामपुरले २ स्वर्ण, १ रजत, १ कास्य। श्री सप्तकौशीका मा.वि. २ स्वर्ण, १ रजत । श्री जनता मा.वि. पुवारेथुम्का १ स्वर्ण, १ रजत, १ कास्य। मर्निङ ग्लोरी ईङलिस बोर्डिङ स्कुल ३ रजत,२ कास्य । श्री कोशी मा.वि. चक्रपुर १ रजत, ३ कास्य ।श्री नारायण देव जी चौधरी मा.वि. १ स्वर्ण, २ रजत । श्री जनता मा.वि. लामीडाडा १ रजत । श्री जनता मा.वि. जहडा १ रजत । श्री प्रभाकरी मा.वि. पोखरे १ रजत र श्री बाल बिधा ईङलिस बोर्डिङ स्कुल भागलपुर १ कास्य पदक जित्न सफल भएका छन।
समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख हरि कटेलको अध्यक्षता रहेको थियो भने बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की प्रमुख अतिथि तथा बेलका-९ का वडा अध्यक्ष भरत घिमिरे विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीले बिषयगत पाठ्यक्रम र परिक्षाको नतिजामा मात्र होईन बिभिन्न अतिरिक्त क्रियाकलाप हरुमा समेत उत्कृष्ट नतिजा निकाल्न सक्षम छ भन्ने कुरामा पुनः यस पटक पनि प्रमाणित गरेको छ भने अन्य स्कुल हरु पनि यसका लागी प्रयत्नशिल देखिदा बिधार्थी संगै अभिभावक हरु पनि उत्साहित भएको पाईएको छ।











