मंसिर १२, बेलका / बेलका नगरपालिकास्थित वडा नं २ मा रहेको बाल विद्या मन्दिर इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक मणी राज पौडेलले शुक्रबार कक्षा ६ मा पढ्ने एक बालिकालाई कुटपिट गरि बेहोस भएको घटना बाहिरिएको छ। पिडित बालिकाको अनुसार प्रार्थनाका लागि लाईन बस्दा स्पिच भन्न लगाउँदा भन्न नसकेपछि टाउको, ढाड तथा गाला जस्तो संवेदनशील अङ्गमा बल प्रयोग गरि हातले पिटेपछी आफू ढलेको बताएकि छिन्।
घटनास्थलमा हुने एक विद्यार्थीका अनुसार बालिका बेहोस भएर लडेपछी सोही विद्यालयका एक शिक्षिकाले पानी छम्केर होस् खुलेको बताएकी छिन्। विद्यालय छुट्टि भएर विद्यार्थीहरु घर आइसकेपछी पिडित बालिकाकी एक साथिले सो घटनाबारे उनको अभिभावकहरुलाई सुनाएकी थिईन। पिडित बालिकाले अझैपनी घटनाबारे स्पष्टसँग खुलेर कुरा खोल्न सकेकी छैनन्। सो बालिका मामाघरमा रहि अध्ययन गर्दै आईरहेकि थिइन्।
घटनाबारे थाहा पाए पश्चात् अभिभावकले सो विद्यालयको प्रधानाध्यापकलाई फोन सम्पर्क गरि सो घटनाबारे जानकारी गराई उक्त शिक्षकको सम्पर्क नं समेत माग्दा खेरि सम्पर्क नं उपलब्ध हुन नसकेपछि प्रधानाध्यापकलाई शुक्रबार साँझ नै घरमा बोलाई छलफल गरेको पिडित परिवारले जानकारी गराए। परिवारका अनुसार सो शिक्षकलाई अन्तिम मौका दिनेगरि सम्झाईने बालिकालाई केहि स्वास्थ्य समस्या आईपरे विद्यालयमा सम्पर्क गरि उपचार गरिने छलफलमा कुरा भएको थियो।
विद्यालयका पुर्व विद्यार्थीहरुका अनुसार उक्त शिक्षकबाट पहिले पनि विद्यार्थीमाथी हातपात गरेको घटनाहरु बाहिर आएका थिए।











