अजम्बर पुलामी-
१मंसिर, बेलका / बेलका नगरपालिका–९ रामपुर बजारमा जारी ‘रामपुर मिनि महोत्सव २०८२’मा आज (सोमबार) लोकप्रिय गायिका सारिका घिमिरे प्रस्तुति दिने भएकी छन्।
नेपाली गीत–संगीत क्षेत्रकी स्थापित तथा चर्चित कलाकार घिमिरेले गाएका ‘गुन भुल्यौ’, ‘मैना चरी’, ‘हेलौ मलाई मिसकल हान्ने हुहारिउ’, ‘रातो गल्बदी’, ‘झुम्के फुली’ लगायतका धेरै गीत चर्चित मानिन्छन्।
महोत्सवमा उनी आज साँझ ९ बजेबाट १० बजेसम्म स्टेज प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा रोटेपिङ, कोलम्बस, ट्राईगन तथा बालबालिकाका विभिन्न रमाइला खेलहरू मुख्य आकर्षण बनेका छन्।
आयोजकका अनुसार महोत्सवले युवा नेतृत्व विकास, बेलका नगरको सांस्कृतिक पहिचान संरक्षण, पर्यटन तथा व्यावसायिक प्रवर्द्धनलाई लक्षित गरेको छ।













