३० जेष्ठ,बेलका / “संस्कार, संस्कृतिको सम्मान र संरक्षण हाम्रो दायित्व” भन्ने मूल नाराका साथ भचुवा साकेला संस्कृति उत्थान समिति, बेलका–९, भचुवा, उदयपुरले भचुवा साकेला उभौली सेवा ५०८५ को भव्य रूपमा उद्घाटन गरेको छ।
उक्त कार्यक्रम बेलका नगरपालिका–९, भचुवामा सम्पन्न भएको हो।
कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष जीवन राईको अध्यक्षतामा सेवा उद्घाटन गरिएको हो।
कार्यक्रममा बेलका नगरपालिकाकी उप–प्रमुख जिरा राई, वडा नं ९ का अध्यक्ष भरत घिमिरे, पूर्व कार्यपालिका सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरू तथा स्थानीय क्षेत्रका साकेला संस्कृतिमा सहभागी सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा नयाँ वर्ष यलेदोङ ५०८५ को शुभकामना आदान–प्रदान समेत गरिएको थियो।
समितिका तर्फबाट सहभागी सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै साकेला संस्कृतिको संरक्षण, प्रचार–प्रसार र प्रवर्द्धनमा सहकार्य जारी रहने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।