जेष्ठ २३,बेलका / उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ ।
शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल,पशुपति गण उदयपुरका प्रमुख सेनानी शिव प्रसाद वाग्ले,जिल्ला प्रहरी कार्यलय उदयपुरका पहरी निरीक्षक हरिनाथ योगि, राष्ट्रिय अनुसन्धान विउरो उप- निर्देशक कुमारी बुढाथोकी,निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकरण आचार्य,वडा नम्बर -४ वडा अध्यक्ष तिर्थराज अधिकारी,कार्यपालिका सदस्यहरु,राजनीति दलका प्रमुख तथा प्रतिनिधिहर,विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु र तालिममा सहभागी पशिक्षार्थीहरुको उपस्थिति रहेकोे थियो ।