
बेलका नगरपालिका स्थायि निवासी, शिलापत्रकर्मी नवराज कुवर ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडिया मार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा फैलाइएका मिथ्या सूचना चिर्ने रिपोर्टिङका लागि कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
बिहिबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजकहरू मिडिया इन्टरनेसनल, क्यापिटल इन्टरटेन्मेन्ट र बिजनेस स्टुडियोका तर्फबाट प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेले कुँवरलाई सम्मान–पत्र प्रदान गरेका हुन।
५ वर्षदेखि शिलापत्र डटकममा आवद्ध कुँवरले विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्या समुदायबारे रिपोर्टिङ गर्दै आएका छन् । यस अघि पनि गत १३ चैतमा उनी राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ बाट सम्मानित भएका थिए ।
नेसनल क्यापिटल अवार्ड अन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्याएका समाजसेवी, कलाकर्मी र व्यवसायीलाई पनि सम्मान गरिएको छ ।
बेलका एफ.एम. संवाददाता