
२३ मङ्सिर बेलका। उदयपुरको बेलका नगरपालिका ९ रामपुर स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ। संस्थाको प्राङ्गणमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष कल्पना राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, बिशेष अतिथि बेलका ९ का वडा अध्यक्ष भरत घिमिरे, साना किसान कृषि सहकारी देउरीका उपाध्यक्ष, अन्य गणेश बस्नेत, सरद कोइराला, कुमारी बैंकका प्रमुख, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरु, संचालक समिति, लेखा समिति, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष कल्पना राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। लेखा सुपरिवेक्षण समितिको तर्फबाट सुजता राई ले आ.व.०८०/८१ को ले.प. प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा विभिन्न बिधा अन्तर्गत पुरस्कार वितरण समेत आयोजकले गरेको थियो। जसमा शेयर सदस्य शान्ता कुमारी अधिकारी(फुयाल) कि छोरी एस. इ. इ. मा सामुदायिक विद्यालयबाट प्रदेश टपर मनिषा फुयाललाई नगद तथा सम्मान पत्रले सम्मान गर्नु भयो।
श्री सुर्योदय इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले सहकारी बिशेष र देश भक्ति गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए। साना किसानका उपाध्यक्ष मनकुमारी राई घिमिरेले स्वागत मन्तव्य द्वारा अतिथि एवं उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने व्यवस्थापक शान्ता अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो।
