
२९ भदौ २०८१ – बेलका। बेलका नगरपालिका ६ स्थित श्री गौरी सुर्योदय इङलिस बोर्डिङ स्कुलले ६०औं राष्ट्रिय बाल दिवसलाई भब्यताका साथ मनाएको छ। स्कुलले आफ्नै स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय बाल दिवस मनाएको हो।

स्कुलका अध्यक्ष अगम सिं निरौलाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बेलका ९ का वडा सदस्य सुबास बस्नेत, स्कुलका प्र. अ. गंगा श्रेष्ठ, शिक्षक/शिक्षिका, समाजसेवी तारामाम राई लगायत अन्य अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। बाल दिवस बिशेष कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य, स्पीच लगायत अन्य प्रतिभाहरु प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रम स्कुलका भाइस प्रीन्सिपल भक्त नारायण श्रेष्ठले संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रम भने कक्षा ८ का दिप्सन फुयाल र प्रिया श्रेष्ठ ले संचालन गरेका थिए।

२०६३ सालमा स्थापना भइ २०६५ सालमा दर्ता गरि संचालन भइरहेको गौरी सुर्योदय इ. बो. स्कुलमा अहिले नर्सरी देखि कक्षा ८ सम्म पढाइ भइरहेको छ। स्कुलका संस्थापक भने चित्र नारायण श्रेष्ठ हुन। स्कुलका प्रीन्सिपल गंगा श्रेष्ठका अनुसार अहिले १७ जना शिक्षक/शिक्षिका कार्यरत रहेका छन भने करिब ३०० जना विद्यार्थी स्कुलमा अध्ययनरत छन।




