८ असार, बेलका । बेलका नगरपालिका वडा नं ९ का वडाध्यक्ष पदम खड्काको पार्थिव शरिरलाई नगरको प्राङगणमा राखी उहाँका शुभेच्छुक,सुभचिन्तक हरुलाई श्रदाञ्जलि अर्पण गर्ने कार्यक्रम राखिएको थियो। यसै क्रममा नगर प्रमुख अशोक कार्की,उप-प्रमुख जिरा राई र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि ब्यक्त गर्नु भयो। नगरपालिका तथा वडा कार्यालयहरुको ८ र ९ गते राष्ट्रिय झण्डा आधा झुकाई असार ९ गते आईतबारका दिन बेलका नगरपालिका भरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
वडाध्यक्ष खड्का जेठ ३० गते रामपुर बाट ईटहरी जाने क्रममा मोटर साईकल दुर्घटनामा परी गम्भिर घाईते भए पछी तत्काल धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याईए पनि थप उपचारका लागी एयर एम्बुलेन्स द्वारा जेठ ३१ गते काठमाण्डौ लगी नर्भिक हस्पिटल थापाथलिमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाह बमोजिम टाउकोमा लागेको चोटको सल्यक्रिया लगायत आवश्यक सम्पुर्ण उपचार गर्ने क्रममा असार ६ गते रातको १०:४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए। नगर प्रमुख कार्कीले श्रदाञ्जलि ब्यक्त गर्ने क्रममा सिंगो पालिकाका लागी केही गरौं भन्ने सपना बोकेका होनहार,जुझारु युवा गुमाउनु परेको भनि दुख ब्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदना ब्यक्त गर्नु भयो। अन्तिम श्रदाञ्जलिमा सम्पुर्ण राजनितिक दलका ब्यक्ति संगै हजारौंका संख्यामा शुभेच्छुक र सुभचिन्तक हरुको भिड लागेको थियो।