
रक्षकुमार राई को हालसम्म १० दश विश्व किर्तिमानहरु कायम छन ! उहाले फरक फरक विधामा गिनिज वर्ल्ड रेकर्डस, एक्स्क्लुसिभ वर्ल्ड रेकर्डस, किङ्ग्स बुक अफ विश्व रेकर्ड्स, च्याम्पिन बुक अफ वर्ल्ड रेकर्ड्स, ओएमजी बुक अफ वर्ल्ड रेकर्ड स हरु मा ऐतिहासिक विश्वकिर्तिमानहरु कायम गरिसकेका छन !
उनका कुनै आफ्नो नया विधाका विश्व रेकर्डसहरु छन भने कुनै विश्वका किर्तिमानीहरुको रेकर्ड्स लाई तोडेर आफ्नो नाममा रेकर्ड बनाउन सफल बनेका छन ! हालसम्म उनका किर्तिमानहरु साहसिक, खेलजगत र चमत्कारी विधामा रहेका छन ! उनले मे ५ २०२४ मा कन्स्टिच्युशन क्लब अफ इन्डिया ( नया दिल्ली ) मा भएको एक ऐतिहासिक समारोहमा थप ४ विश्व रेकर्डस हरु कायम गर्दै वर्ल्ड ह्याट्रीक समेत गरि सारा नेपालीहरुको शान, मान तथा गरिमा विश्वसामु चिनाएका छम।
रणनीतिक परिचालन र रणनीतिक नेतृत्व विधामा दोस्रो मानर्थ विधावरी अनोरेरी डाक्टरेट पिएचडी को उपाधी समेत अफ्रीकि महादेश वेविक विश्वविद्यालय घाना बाट हासिल गर्न सफल बने। यो भन्दा अगाडि पहिलो मानर्थ विधावरी दक्षिण एसियाली राष्ट्र भारत को राजिस्थान जयपुर अन्तराष्ट्रीय सेन्टर ( हल ) मा भएको एक ऐतिहासिक दिक्षान्त समारोह १ अक्टोबर २०२३ मा अफ्रीकी विश्वविद्यालय बाट नै हासिल गर्न सफल बनेका हुन जुन विश्व किर्तिमान कै विधामा पिएचडी गर्ने पहिलो नेपाली उनि नै थिए!
उनि खेलकुद जगतमा पनि उत्तिकै सक्रिय छन ! सितोरियो करातेको ब्लाक बेल्ट चौथो डान साथै अन्तराष्ट्रीय रेफ्री \ प्रशिक्षक पनि हुन ! पुस्तक लेखन र समाज सेवा लाई समेत अगाडि बढाउदै आज सम्म बिभिन्न विधामा १० विश्व किर्तिमानीहरु कायम गरेका छन। उनले कयौं नेपालीहरुलाई विश्व रेकर्ड्स को यात्रामा जर्ज र कोअडिनेटर को भुमिका खेल्दै सफल विस्व विजय पार्न समेत महत्वपुर्ण योगदान पुर्याई सकेका छन छ। आगामी नया पुस्ताको लागि पनि आफु सङ्गै दोर्याउने वाचा गर्छन। उनि युनिभर्सर रेकर्ड मन्च साथै एक्स्क्लुसिभ वर्ल्ड रेकर्ड्स को कोअडिनेटर हुन भने ओएमजि बुक अफ वर्ल्ड रेकर्ड्स को नेपाल सद्भावना दुत समेत हुन।
