
१४ चैत्र २०८० – बेलका। योङ्ग बोइज क्लब बेलका ३ किराँत चोक द्वारा आयोजित प्रथम किराँत चोक कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकता क्लबले हात पारेको छ।
आज भएको फाइनल खेलमा बुद्ध बेलका क्लबलाई ० – २ गोल अन्तरले हराउदै उपाधी हात पारेको हो। बुद्ध बेलका क्लब भने उप बिजेतामै सिमित रह्यो। बिजेता र उप बिजेता टिमलाई क्रमश २० हजार, १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्रले आयोजक तथा अतिथिहरुले पुरस्कृत गरेका छन।
योङ्ग बोइज क्लबका अध्यक्ष अनोद सुदन राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, अतिथिहरु सुरेन्द्र खालिङ, चन्द्र मगर, धन कुमार राई, बाल कुमार राई, अन्य खेलाडी, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो।
“खेलकुद हो स्वास्थ्यको मुल, सहभागी भएर बनाऔं जीवन अनुकुल” भन्ने मुख्य नाराका साथ चैत्र ७ गते उद्घाटन भएको प्रतियोगिता आज समापन भएको हो। कार्यक्रम बेलका एफ.एम. १००.९ मेगाहर्जका कार्यक्रम संचालिका कविता राई(मिकि) ले संचालन गरेकी थिइन।













