
रेडियो बेलका एफ. एम., ९ जेष्ठ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज किराँतीहरुको महान चार्ड उभौली सेवाको अवसरमा साकेला नाच नाच्दै कोशी प्रदेश नाम खारेज गरि पुनः पहिचान सहितको नामाङ्करणको माग गरिएको छ। कोशी प्रदेश नामाङ्करण खारेज संयुक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोक्खा उदयपुरको समन्वयमा साकेला नाच्दै, विविध झाकी र र्यालि प्रदर्सन सहित बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। बृहत शान्तिपुर्ण झाकी तथा साँस्कृतिक प्रदर्शन कार्यक्रममा बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा(गाईघाट) का किराँतीहरुले सहभागीता जनाएका छन।
जनजाति नेता र पहिचानवादी अभियानकर्ताहरुले कार्यक्रमलाई सम्बोधन गरेका छन। आदिवासी जनजाती नेता आङ्काजी शेर्पा, राजनितिक बिश्लेषक तथा लेखक युग पाठक, पूर्व मन्त्री गोपाल किराती, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र यायोख्खा माहासचिव भिम राई लगायतले कार्यक्रमलाई भव्य सम्वोधन गरेका छन। उनिहरुले पहिचान बिरोधीहरुलाई होसियार रहन आग्रह गर्दै “किरात” भन्ने शब्द जाति नभइ इतिहास, भूगोल, पहिचान, सँस्कृती र सभ्यताको रूपमा बुझी दिनु हुन अपिल गरे। प्रदेश नम्बर १ को नाम अपहरण शैलीमा राखिएको आरोप लगाउदै कुनै पनि हालतमा कोशी नाम मान्य नहुने बरु यसको विरुद्ध निरन्तर लागि पर्ने वक्ताहरुले जिकिर समेत गरेका छन।
फोटो फिचर








