१९ पौष २०८० – बेलका। बेलका नगरपालिकाको चिनारी “बेलका न.पा. घुमौला..” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बेलका नगरपालिकाको विभिन्न ठाँउमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो गायक बिनोद खम्बु को युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो।
बेलका नगरपालिका ९ रामपुर बजारमा अवस्थित रामपुर फ्रेस मिट सपको प्राङ्गणबाट विधिवत रुपमा पौष ४ गते सुरु भएको उक्त छायांकन बेलका नगरपालिकाको मैनामैनी, कोसी पुल, बेलका ९ कमलाबारिको साकेला पार्क लगायत विभिन्न स्थानहरुमा छायांकन गरिएको थियो। छायांकनको निर्देशक नबिन राइ ले गर्नु भएको थियो र सिनेमाटोग्राफीको काम दाल चन्द्र राई ले गर्नु भएको थियो।
बद्री बिक्रम राई को शब्द संगीत रहेको सो गीतमा स्वयं बद्री बिक्रम राई, दिपक मोहोरा र अप्सरा विष्टको स्वर रहेको छ भने भिडियोमा मुख्य कलाकारको रुपमा सुसन राई र कबिता राई”मिकि) लाई देख्न सकिने छ र कोरसमा किरात राइ यायोक्खा बेलका नगरपालिका ९ को साकेला टोलिलाई देख्न सकिने छ।
यस गीतले बेलका नगरपालिकाको कलाकारिता क्षेत्रको बिकासमा टेवा पुर्याउनुका साथै यस पालिकाको बिबिध पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नमा सहयोग गर्न सक्ने गायक/रचनाकार तथा संगीतकार बद्री बिक्रम राई को बताउनु भयो।
भिडियो हेर्नलाई https://youtu.be/Z_QlPHMTQu0?si=ST-G9NRFKWJI3y_Z क्लिक गर्नु होला।
