अजम्बर पुलामी-
८ मंसिर,बेलका / बेलका उद्योग वाणिज्य संघको मुख्य आयोजनामा बेलका नगरपालिका–९, रामपुरमा जारी रामपुर मिनि महोत्सव २०८२ मा आज (सोमबार) चर्चित गायिका बबिना किराँती र हास्य कलाकार श्रीकृष्ण लुइँटेल “बोकेदारीले ” प्रस्तुति दिने भएका छन्।
उनीहरूको आगमनसँगै आजको दिन महोत्सव झनै रंगिन हुने अपेक्षा गरिएको छ। महोत्सवको प्रत्येक दिन दार्जिलिङका कलाकार,कोशी प्रदेशका कलाकारदेखि स्थानीय प्रतिभाहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति गर्दै आएका छन्।
कात्तिक २८ गतेदेखि सुरु भएको यो महोत्सव एक महिनासम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा विभिन्न सामग्री बिक्री तथा प्रदर्शन, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध प्रस्तुति सहितको आकर्षण समावेश गराइएको उद्योग वाणिज्य संघले जनाएको छ।







