Wednesday, July 22, 2026
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in मनोरञ्जन
0
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१ बैशाख, बेलका / “बेलकाको जल, जमिन र आकाशमा रमाऔं, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गरौं” भन्ने मूल नारासहित प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु भएको छ। बेलका नगर पर्यटन विकास समिति, उदयपुर पर्यटन विकास बोर्ड र बेलका होटल तथा पर्यटन समितिको आयोजनामा महोत्सव सुरु भएको हो। महोत्सव अवधिभर बोटिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, सांस्कृतिक कार्यक्रम, लगायत विविध आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बेलका नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव बैशाख ६ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सव सफल बनाउन जनप्रतिनिधि, पर्यटन समितिका प्रतिनिधि तथा स्थानीयवासीहरू एकजुट भएर सक्रिय भएका छन्।

मंगलबार आयोजित उद्घाटन कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्कीले ब्यानर पढेर महोत्सव उद्घाटन गर्नुभएको थियो। साथै, श्री बेलका राजारानी मन्दिरको परिक्रमा गरी अतिथिहरूले संयुक्त रूपमा परेवा उडाएर महोत्सवको औपचारिक शुभारम्भ गरेको थियोे ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख कार्कीले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै पर्यटन प्रवर्द्धनले बेलकाको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले बेलका नगरभित्र रहेका ३२ वटा पर्यटन सूचक क्षेत्रलाई केन्द्रमा राखेर प्रवर्द्धन कार्यक्रम सुरु गरिएको र यसका लागि डिपिआरदेखि विभिन्न योजनाहरू अघि बढाइएको जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथि चौदण्डीगढी नगरका पूर्व नगर प्रमुख खगेन्द्र राईले नेपाल आफैंमा पर्यटकीय सम्भावनाले भरिपूर्ण देश भए पनि यसको सही उपयोग हुन नसकेको बताउनुभयो। अन्य देशहरूले पर्यटनमार्फत आर्थिक उन्नति गरेको उदाहरण दिँदै उहाँले बेलकाका पर्यटन क्षेत्रलाई आकर्षक बनाउन सके महोत्सव सार्थक हुने धारणा राख्नुभयो।

त्यसैगरी, त्रियुगा नगरपालिकाका पूर्व नगर प्रमुख बलदेव चौधरीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै पर्यटन महोत्सवलाई दीर्घकालीन रूपमा सफल बनाउन वर्षभरि पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम पर्यटन समितिका अध्यक्ष शिवकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

Previous Post

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

Next Post

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
Next Post
जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly