३० जेष्ठ , बेलका / बेलका नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ।
शुक्रबार बिहान करिब ८:३० बजे घर छेउमै रहेको कुखुरा फार्ममा काम गर्दै गर्दा करेन्ट लाग्दा दुर्गा कार्की गम्भीर घाइते भएकी थिइन्। उनी स्थानिय सञ्जीव कार्कीकी १७ वर्षीया छोरी हुन्।
करेन्ट लागेपछि छटपटाइरहेकी दुर्गालाई तत्कालै परिवारका सदस्य र स्थानीयवासीहरूले बेलका नगर अस्पताल पुर्याएका थिए। तर, उपचारको क्रममा बिहान ९:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।