चैत २६, बेलका । उदयपुरको रामपुर बेलका नगरपालिकाद्वारा संचालित यस वर्षको आधारभूत तह कक्षा ८ को परिक्षामा नगरपालिकाभित्र नतिजामा रामपुर पब्लिक एकेडेमी सर्वोत्कृष्ट बन्न सफल भएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार रामपुर पब्लिक एकेडेमीमा अध्ययनरत आयुषा श्रेष्ठले सर्वोत्कृष्ट ३.८६ जिपिए ल्याइ आधारभूत तह कक्षा ८को परिक्षामा टपर बनेकी छिन् ।