Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in सहकारी
0
सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१० भदौ २०८१ – बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित कार्यकक्ष उद्घाटन भएको छ। संस्थाका अध्यक्ष गणेश बस्नेत, संस्थापक अध्यक्ष दान बहादुर कटुवाल र प्रमुख सल्लाहकार पुष्प राज सुबेदीले भदौ ९ गते सोमबार एक औपचारिक कार्यक्रमका बिच संयुक्त रुपमा रिबन काटेर नव निर्मित कार्यकक्षको उद्घाटन गरेको हो।

सदस्यहरुलाई सेवा प्रवाह गर्न चुस्त दुरुस्त र सहज होस भन्ने उद्देश्यले १५ लाख भन्दा बढी खर्च गरेर नयाँ कार्यकक्ष निर्माण गरिएको संस्थाका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो। बि. स. २०६६ सालमा एउटा सानो कोठाबाट सुरु भएको सहयोगी साकोस सदस्यहरुको सक्रियता र संस्थाको सबै पक्षको टिमको अग्रसरताले अहिले जिल्लाकै उत्कृष्ट सहकारी भएको र अब देश कै नमुना सहकारी बनाउन संस्था लागी परेको व्यवस्थापक तेज खड्काले बताउनु भयो।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

उद्घाटन कार्यक्रममा स्वस्थ्य राहतकोष बमोजिम दुईजना सदस्यलाई स्वस्थ्य उपचार बापत जनही ५ हजार प्रदान गरिएको थियो। संस्थाका सदस्य हरि सङ्खर घिमिरे सवारी दुर्घटना परि मृत्यु भएको र बिमा बापत रु. १ लाख स्वर्गीय हरि सङ्खरका बुवा लक्ष्मी घिमिरेलाई सहकारी साकोसले हस्तान्तरण गरेको थियो।

संस्थाको नियम अनुसार कुमारी बैंक बेलका रामपुर शाखामा रहि लामो समयसम्म सेवा प्रदान गर्ने कार्यलय प्रमुख अमित झालाई बिदाइ गरि नव कार्यलय प्रमुख मनोहर पाठकलाई स्वागत गरिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बेस क्याम डुड्खोलाका प्रमुख तेज कुमार मगर र इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका सहि साबलाई समेत स्वागत गरिएको थियो।

संस्थाको प्रगति विवरण उपस्थित सदस्यमाझ सचिब दमन कटुवालले प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

Previous Post

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

Next Post

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बुद्ध मिनि गोल्ड कपमा बेल्टारको बिजय सुरुवात।

बुद्ध मिनि गोल्ड कपमा बेल्टारको बिजय सुरुवात।

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly