
८ भदौ २०८१ – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकामा १४ वर्ष मुनिको महिला फुटबल एकेडेमीको लागि १६ जना विद्यार्थी छनोट भएका छन। ६७ जना सहभागी मध्य १६ जना आवासीय एकेडेमीका लागि छनोट भएका हुन।
बेलका नगरपालिका ५ स्थित श्री जनता मा. बि. जहडामा गत साउन ५ गते पहिलो चरणको छनोट कार्यक्रम भएको थियो भने भदौ ७ गते(हिजो) सोही स्थानमा दोस्रो चरणको छनोट कार्य सम्पन्न भएको हो। जसमा बेलका महिला U-14 आवासीय फुटबल एकेडेमीका लागि लागि १६ जना र बैकल्पिक रुपमा ५ जना छनोट भएका हुन।
छनोट हुनेमा, सृष्टि राई, अबिना राई, सिम्रन राई, अपेक्षा राई, युनिसा राई, सुनेना राई, अमृता मगर, देबिका कटुवाल, समृद्धि गिरि, अनुमा राई, पुर्णिमा राई, सोनिका खड्का, टीका माया मगर, एलिजा राउत, निस्मा राई र रिप्सिका कार्की रहेछ छन भने अनुस्का राई, सुम्निमा राई, आकृति थामी, श्रेया राई र एन्जल राई बैकल्पिक रुपमा छनोट भएका हुन।
बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा उदयपुर जिल्लाकै (SEE) मा उत्कृष्ट नतिजा ल्याउन सफल बेलका नगरपालिका वडा नं ४ मा सन्चालित श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीमा आवासिय सुबिधा सहित निशुल्क गुणस्तरिय शिक्षाका साथमा फुटबल एकेडेमी सन्चालन हुने भएको हो।
यस फुटबल एकेडेमीको सन्चालनका लागी मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA), ब्यवस्थापक तथा सह-सन्चालक श्री जनता नमुना माध्यमिक बिधालय बेलका ४ र सन्चालक तथा संरक्षक बेलका नगरपालिकाको कार्यालय रामपुर, उदयपुर रहने बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपीलाल राईले बताएका छन।