१६ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितीको समन्वयमा “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को औपचारीक उदघाटन भएकोछ। बेलका नगरपालिकाको वडा नं ४ स्थित खेल मैदानमा आज भएको औपचारीक कार्यक्रम बेलका नगरपालिकाका प्रमुख (मेयर) अशोक कार्कीले ब्यानरमा लेखिएका शब्दहरु वाचन गरी उदघाटन गर्नु भएको हो ।
सुनाखरी युवा क्लबका अध्यक्ष चित्र कार्कीको अध्यक्षतामा उदघाटन भएको कार्यक्रममा बेलका नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिर्थ अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त मगर, वडा सदस्यहरु,बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपिलाल राई राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि,शिक्षक,बुद्दिजिबी,खेलप्रेमी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
आजको उदघाटन खेल ब्रदरहुड फुटबल क्लब बेलका र बेल्टार युनाईटेड क्लब चौदण्डी बिच भएको छ। जसमा बेल्टार युनाईटेड क्लबका खेलाडी जर्सी नं २३ का जेबी राईले १ गोल गरे भने जर्सी नं ७ का अनिस बस्नेतले २ गोल गर्दै आफ्नो टिम लाई जित सुनिस्चित गराए। ब्रदरहुड एफ सी को तर्फबाट जर्सी नं १४ का कृष्ण शाहले शान्त्वना १ गोल गरेका थिए। यस सँगै बेल्टार युनाईटेड कलब चौदण्डी १-३ गोल अन्तरले जित हासिल गर्दै सेमी फाईनल प्रबेश गरेको छ। त्यसै गरी आजको खेलको म्यान अफ द म्याच बेल्टार युनाईटेड क्लबका खेलाडी अनिस बस्नेत घोषित भएका छन।भोलि जेठ १७ गतेको खेल रियल डुम्रिबोटे फुटबल क्लब बेलका VS अजम्बरी फुटबल क्लब बेलका बिच दिनको ३:३० बजे देखी सुरु हुनेछ।
“खेल खेलौ स्वास्थ्यका लागी,खेलाडी राष्ट्रका लागी” भन्ने मुल नारा का साथ आयोजित “प्रथम बेलका आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को मुख्य सहयोगी-धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाट, बिशेष सहयोगी-बेलका नगरपालिका, संरक्षक-बेलका नगरपालिका वडा नं ४, समन्वय-बेलका नगर युवा तथा खेलकुद बिकास समिती रहेकोछ। भने यस खेल यही जेठ १६ देखी २३ गते सम्म सन्चालन हुनेछ।
उदघाटन कार्यक्रमको सन्चालन बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब,यस खेल आयोजक समितीका पदाधिकारी दिपेन राना मगरले गरेका थिए भने सन्देश राना ले स्वागत मन्तब्य राखेका थिए ।