
अस्मिता अधिकारी र रोम नामजाली को स्वर मा रेकड गरिएको (तिन तारा तिन तिर चम्के को) बोल को गित को म्यूज़िक भिडियोले धेरै स्रोता, दर्शकको माया पाएको छ। उक्त म्युजिक भिडियोलाई अहिलेसम्म करिब ११ लाखले युट्युबमा हेरिसकेका छन
बिगत लामो समय बाट नेपाली गित संगीत मा लागी रहेका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई को संगीतमा आनन्द अधिकारी को शब्द रचनाको गित लाई निकेस खड्का को निर्देशन मा तयार पारिएको म्युजिक भिडियो Rolax entertainment युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको थियो। गायक रोम नामजाली ले अमेरिका मै आफनो स्वर रेकर्ड गरेका हुन भने गायिका अस्मिता अधिकारीको स्वर भने नेपालमा नै रेकर्ड गरिएको हो।
यस गित का संगीतकार भने बिगत केहि समय बाट अमेरिकामा नै बस्दै आईरहेका छन र भुवन सुप्तिहाङ पबिदेश मै बसेर पनी नेपाली गित संगीत लाई बेला बेलामा पस्कि रहेका हुन्छन। गायक रोम नामजाली पनी अमेरिकाको सिकागो सिटी मै बस्दै आईरहेका छन। गायक रोम नामजाली र संगीतकार भुवन बिचको यो पहीलो सहकार्य पनी हो। संगीतकार सुप्तिहाङ ले भने यस अघी पनी धेरै पुराना नया पुस्ता का गायक गायिकाहरु संग धेरै काम गरि सकेका छन। उनि दुई दसक अघि बाट यस छेत्रमा लागी परेका हुन।