
२० जेठ २०८० – बेलका।
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ भन्ने कुरामा सकारात्मक रहेको बताउनु भएको छ। बेलका नगरपालिका ९ स्थित आदिवासी जनजातीको हलमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा आज भएको आदिवासी जनजातीहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रममा आफ्नो धारणाहरु प्रस्तुत गर्दै प्रदेश नं. १ को नाम कोशी किरात राख्दा केही नबिग्रीने बताउनु भएको हो।

प्रदेश नं. १ को नाम कोशी राखिएकोमा पहिचान पक्षधरहरु असन्तुष्ट भएको र अहिले दिनहुँ बिबिध आन्दोलन भइरहेको साथै केहिले ज्यान गुमाउनु परेको त केही गम्भीर घाइते भइरहेकोले यस बिषयमा प्रदेश मन्त्री मण्डल ध्यानाकर्षण हुनु जरुरी भएको जिकिर गर्दै समस्याको समाधान तर्फ उन्मुख हुनु पर्ने आवस्यक भएको बताउनु भएको छ।

“किरात भन्ने शब्द कुनै जाति होइन” उनले भने, “किरात एउटा सभ्यता हो, किरात राई मात्रै होइन।” मुलुक शान्ति तर्फ जानलाई समस्याको समाधान गर्न आवस्यक छ। त्यसैले निर्णायक तहमा बस्ने मन्त्री मण्डलले बेलैमा बिचार पुर्याएर पुनः प्रदेश १ को नाम सच्याउनु को विकल्प नरहेको कार्कीले बताउनु भयो।

उक्त १ दिने अभिमुखिकरण कार्यक्रममामा आदिवासी जनजाति महासंघका केन्द्रिय सचिब प्रशान्त राई, जिल्ला उपाध्यक्ष नबिन राई, आदिवासी जनजाति महासंघ बेलका नगर अध्यक्ष ललित राई, किरात राई यायोक्खा जिल्ला कार्य समिति सचिब सुरेन्द्र खालिङ लगायत अन्य वक्तहरुले अधिकार तथा हकहितको बिषयमा आ-आफ्नो बिचारहरु व्यक्त गर्नु भएको थियो भने करिब ६० जनाले कार्यक्रममा सहभागीता जनाएका थिए।




