
४ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न भएको खेलमा ब्रदरहुड फुटबल क्लब बेलका आयोजकलाई सुन्यको विरुद्ध ४ गोलले पराजित गर्दै एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुन्सरी सेमिफाइनल प्रवेश गरेको छ।
एभरेस्ट फुटबल क्लबको तर्फबाट आकाश राई ले २ गोल, अमित लिम्बुले १ गोल र ब्रदरहुडको तर्फबाट आत्मघाती १ गोल भएको हो। आजको म्यान अफ द म्याज आकाश राई घोषित भएका थिए। उनलाई नगद रु.२५००/- साथमा ट्रफी सहित बेलका नगर प्रमुख अशोक कार्की र बेलका ३ का वडा अध्यक्ष एवं नगर सरकारका प्रवक्ता टंक प्रसाद आचार्यले सम्मान गर्नु भयो।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुल नाराका साथ ब्रदरहुड फुटबल क्लबको आयोजनामा बेलका ६ रंगशालामा भइरहेको गोल्ड कप भोलि कार्तिक ५ गते सोमबार गाईघाट फुटबल क्लब, उदयपुर र फेयर फुटबल क्लब धरान, सुनसरी बिच दिउँसो २:३० बजेबाट खेल हुनेछ।