भदौ २, बेलका । बेलका नगरपालिका भित्रका १६१ जना अपाङ्गता भएका ब्यक्तिहरु लाई सहायक सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउन्डेशन नेपाल र स्थानिय सरकारको त्रिपक्षिय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत अपाङ्गता शिबिर पहिचान गरी १६१ जना अपाङ्गता भएका अशक्त ब्यक्तिहरु लाई सामान बितरण गरिएको हो।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु लाई ह्विल चियर,वाकर,हियरिङ एइड,टोईलेट चियर लगायतका बिभिन्न सहायक सामग्रीहरु बितरण गरिएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले बेलका नगर सरकारले भौतिक संरचनाको बिकास मात्र नभै सामाजिक बिकासका लागी पनि सदैव लागी परेको बताउनु भयो।करुणा फाउन्डेशन चौदण्डिगडी र बेलकाका कार्यक्रम संयोजक राज कुमार नेपालीले पहिचान खुलि आज बितरण गर्न बाकी रहेका ब्यक्तिहरु लाई दोस्रो र तेस्रो चरण गरि बितरण गर्ने बताए।
त्यसै गरी नगर उप-प्रमुख तथा कार्यक्रमका अध्यक्ष जिरा राईले सहायक सामग्रीहरु बितरण पश्चात लाभान्वित ब्यक्तिहरुको दैनिक जिवनमा ठुलो सहयोग पुग्ने बिश्वास लागेको र उक्त सामग्रीहरु लाई सुरक्षित रुपले सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत,बिभिन्न शाखा प्रमुख,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन जानुका कार्की दंगालले गरेकी थिईन।