
७ पुष – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकामा पहिलोपटक क्रीकेट प्रतियोगिता सुरु भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा बेलका ६ लेकाली रंगशालामा प्रथम जिल्ला स्तरीय उपमेयर पुरुष क्रीकेट प्रतियोगिता २०८१ सनिवार सुरु भएको हो।
सनिवारको उद्घाटन खेलमा चौदण्डिगढी नगरपालिकालाई हराउदै बेलका नगरपालिका(आयोजक) फाइनल प्रवेश गरेको छ। २० ओभरको खेलमा चौदण्डिले ९३ रनको लक्ष्य दिएकोमा १६ ओभरमा अलआउट गर्दै बेलकाले १० ओभरमै जित निकालेको हो। उक्त प्रतियोगिताको म्यान अफ द म्याच बेलकाको टिम क्याप्टेन ५ विकेट लिएर प्रदिप तिम्सिना(प्रेम) घोषित भए। जम्मा ४ टिम सहभागी भएको यस प्रतियोगितामा आज आइतबार त्रियुगा नगरपालिका र कटारी नगरपालिका बिच बिहान ८ बजेदेखि खेल हुने संयोजक दिपेन मगरले बताए।
बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख, बिशेष अतिथि जिल्ला क्रीकेट संघ, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, पत्रकार लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
पुष ८ गतेसम्म हुने यस प्रतियोगिताको बिजेता टिमले नगद रु.२५ हजार उपबिजेता टिमले नगद रु.१५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।

