
९ कार्तिक – बेलका। भचुवा क्लब द्वारा आयोजित भचुवा च्यालेन्ज कप २०८१ को आज उद्घाटन भएको छ। बेलका ९ भचुवा खेलमैदानमा आज उक्त च्यालेन्ज कपको उद्घाटन भएको हो।
बेलका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा पुर्व नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती), राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, समाजसेवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
आजको उद्घाटन खेल हंशकाली फुटबल क्लब बसाहा चौदण्डिगढी र सुनाखरी युवा क्लब लालबजार, बेलका बिच भएको थियो। १-१ गोलको स्कोरमा दोस्रो हाल्फको खेल भइरहेको बेला खेलमा विवादित भएपछि दुवै टिमलाई निस्कासन गर्ने गरि आयोजकले निर्णय गरेको हो।
आज कार्तिक ९ गते देखि १७ गते सम्म संचालन हुने प्रतियोगीको बिजेता टिमले नगद रु.२५,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र हाते पार्ने छन भने उप बिजेताले नगद रु.१५,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।