Tuesday, October 28, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रीति राईले १९ वर्षमै फुटबलमा पाएको सफलता र चर्चा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
प्रीति राईले १९ वर्षमै फुटबलमा पाएको सफलता र चर्चा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

-अर्जुन आचार्य
विराटनगर: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि गीता राना, रेखा पौडेल, प्रीति राई, पूजा रानाको खेलको सबैतिर चर्चा भयो ।
गत फागुन १६ गते बुधबार लेवनानसँगको प्रतिस्पर्धामा नेपाल २–१ ले विजयी हुँदा इन्जुरी टाइमको अन्तिम मिनेटमा प्रीति राईले गरेको गोलले नेपालमा सर्वाधिक चर्चा पायो । अहिले पनि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
प्रीतिको सोही गोलले नेपालले फाइनलको यात्रा तय गरेको थियो । डिबक्सभन्दा बाहिरबाट प्रीतिले गरेको यो गोल हेर्न लायक छ । उनले गरेको गोलको प्रशंसा अहिले सारा नेपालीले गरिरहेका छन् ।
प्रीतिको फुटबल करियर
प्रीति राईको फुटबल करियर ७ वर्षको हुँदादेखि सुरु भएको उनका अभिभावक बताउँछन् । ७ वर्षको उमेरदेखि उनी फुटबल खेल्न थालिन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ तुमाउ स्थायी ठेगाना भए पनि प्रीति भने काठमाडौँमै जन्मिएकी हुन् ।
उनका बुबा चन्द्रप्रसाद राई ट्रेकिङ लाइनमा काम गर्छन् । आमा ज्ञानमाया राई भने काठमाडौँको कपनमा सानोतिनो चिया पसल चलाएर गुजारा गरिरहेकी छिन् ।
नेपाली महिला टोली वाफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल पुग्न प्रीतिले गरेको गोलले उनको व्यापक चर्चा भयो । आमा ज्ञानमायालाई पनि छोरीप्रति सारा नेपालीले दर्साएको मायाले खुसी दिएको छ ।
‘छोरीले खेलेका सबै गेम पहिलेदेखि नै परिवार नै बसेर हेर्छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म छोरी रहेको टिमले गोल्ड मेडल चाहिँ ल्याएको छैन । हामी पनि गोल्ड मेडल ल्याओस् भन्ने प्रतीक्षामा छौँ । तर, छोरीले गरेको गोल र चर्चाले मलाई धेरै खुसी लागेको छ ।’
प्रीति अहिले १९ वर्षकी भइन् । उनी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन् । ७ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको र एकेडेमीमा पनि आफैँ खोजेर गएको आमा ज्ञानमाया बताउँछिन् ।
भुटान, बंगलादेश, म्यानमार, चीनसम्म पुगेर दर्जनौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेकी छोरीलाई आफूहरूले सकेसम्म सहयोग गरेको उनी बताउँछिन् । ‘सानोमा मात्रै हामीले सानोतिनो लगानी गरेका हौँ । अहिले लगानी गर्नुपरेको छैन । एक्स्ट्रा एक्टिभिटीमा लगाउनु पर्छ भनेर हामीले पनि उनलाई सहयोग गरिरहेका छौंँ,’ ज्ञानमायाले भनिन् ।

प्रीति आमा ज्ञानमाया र बुबा चन्द्रप्रसादको पहिलो छोरी हुन् । उनको जुम्ल्याहा भाइ राम लक्ष्मण छन् । उनीहरू पनि ब्याचलर पहिलो वर्षमा अध्ययनरत छन् । ‘छोराहरू चाहिँ लोकल टुर्नामेन्ट खेल्छन् । तर नेसनलतिर गएनन्,’ आमा ज्ञानमायाले भनिन् ।
प्रीति अहिले पनि भारतको किक स्टार क्लबमा अनुबन्धित रहेको आमा ज्ञानमायाले बताइन् । ‘दीपा शाही र प्रीति किक स्टारमा खेलिरहेका छन् । ४ महिनाको लागि अनुबन्ध गरेको सुनेको हुँ,’ उनले भनिन् ।
छोरीले पैसाभन्दा पनि नाम कमाइरहेको उनले सुनाइन् । फाइनलमा नेपाल पराजित हुनुमा प्रीति आउट हुनु र सावित्रा भण्डारी टिममा नहुनु नै कारण भएको उनले सुनाइन् ।
परिवारै बसेर खेल हेरेकी ज्ञानमायाले खेल हार्नुका कारण बताउँदै भनिन्, ‘प्रीति घाइते नभएको भए खेल जितिरहेको थियो नि । पहिलो हाफमा त नेपालले जितेकै हो नि । दोस्रो हाफमा पनि बराबर गर्‍यो । तर, पेनाल्टीमा मिस नगरेको भए हुन्थ्यो । हुन त गेममा गल्ती हुन्छ । तर गोल्ड मेडल ल्याउने चाहना पुरा भएन ।’
खेल हारेपछि आफूलाई तनाव भएको उनले सुनाइन् । ‘तनाव भयो नि हामीलाई त । सावित्रा भण्डारीलाई खेलाएको भए सजिलै जित्थ्यो नि । ऊ नभएकोले पनि कति कुरा आवश्यक देखिएको थियो । त्यसमा पनि हाम्रो नेपालले गोल हानेपछि आशा पलाएको थियो । उताबाट हानेको गोल अफसाइड गोल थियो । तर, रेफ्रीले मानेन नि । खै के खै के जस्तो भयो । छोरी पनि घाइते भयो,’ उनले भनिन् ।
घाइते छोरीसँग उनले शुक्रबार बिहानै फोन गरिन् । ‘चोट सामान्य छ भन्दैथिन् । आमाको मन चिन्ता त भइहाल्छ नि । तर, लड्दै खेल्दै, लड्दै गरेकै कारण त्यो ठाउँमा पुगेको हो । तर, अब गोल्ड मेडल नल्याउने पो हो कि ? लास्टमा आफ्नो हातमा आएको ट्रफी नै गुमेको जस्तो लागिरहेको छ हौ मलाइ त,’ उनले भनिन्, ‘सबै निराश भइयो नि । मैले आफ्नो छोरी भएर मात्रै भनेको होइन । नेपाली भएर सोच्दा पनि यस्तै लाग्छ ।’
उनका बुबा चन्द्रप्रसादले आफूहरूले भन्दा छोरी प्रीतिले आफैले यो स्थानसम्म पुग्नका लागि धेरै संघर्ष गरेको बताए । ‘उसले आफ्नो तर्फबाटै धेरै संघर्ष गरेको छ । हामीले उसलाई रोकेका छैनौँ,’ उनले भने ।
फाइनल हारेपछि भने खल्लो महसुस भएको उनले सुनाए । ‘फाइनल हारेपछि कस्तो खल्लो भयो नि । तर, उत्कृष्ट प्रदर्शन गर्‍यो ।’ अर्कोपटक यो टिमले पक्कै मेडल ल्याउने उनले विश्वास व्यक्त गरे ।
आफ्नो छोरीलाई शारीरिक विकासको लागि अतिरिक्त क्रियाकलापमा भाग लिन लगाएको तर छोरीले फुटबललाई नै करियर बनाएको उनले सुनाए । ‘शारीरिक विकासको लागि हल्का पार्ट टाइममा खेल खेलाऊँ भन्ने चाहना थियो । तर, यसलाई करियर बनाएर जाओस् भन्ने मेरो चाहना थिएन । तर, उसले फुटबललाई आफ्नो करियर बनायो,’ उनले भने, ‘अभिभावको रूपमा चिन्ता लागिरहन्छ ।’
उनलाई नेपालको खेल क्षेत्रमा लागेर करियर सुरक्षित होला भन्ने लाग्दैन । ‘खेल क्षेत्रमा कति बजेट छ । यसको भविष्य सुरक्षित छैन भन्ने चिन्ता चाहिँ लागिरहन्छ । उसले खेलकै कारण पढाइमा राम्रो ध्यान दिन सकिरहेको छैन,’ उनले भने ।

You might also like

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

साभार:- Hamrokoshiawaz

Previous Post

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

Next Post

प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

by Radio Belaka
सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक
खेलकुद

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

by Radio Belaka
Next Post
प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

Don't miss it

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो
मनोरञ्जन

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly