
२६ फागुन २०८० – बेलका। किरात खालिङ राई उत्थान संघ उदयपुर जिल्लाको तेश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ। बेलका नगरपालिका ९ मा अवस्थित मर्निङ ग्लोरी बोर्डिङ स्कुलमा उक्त अधिबेशन आज सम्पन्न भएको हो।
किरात खालिङ राई का केन्द्रीय कमिटिका प्रथम उपाध्यक्ष जय कुमार खालिङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अधिवेशनबाट भूषण खालिङ राईको अध्यक्षतामा ९ जना नव कार्य समिति गठन भएको छ।