
१२ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ मा सोमबारे फुटबल क्लब बेलका उदयपुर सेमिफाइनल प्रवेश गरेको छ। यलम्बर खेलमैदानमा आज भएको खेलमा पन्चायन फुटबल क्लब रामधुनी ७ सुनसरीलाई ० – १ गोलले पराजित गर्दै सोमबारे सेमिफाइनलमा प्रवेश गरेको हो।
सोमबारेको तर्फबाट सचिन राई ले निर्णायक गोल गरेको हो। आजको म्यान अफ द म्याच पनि सचिन राई नै घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका सुसन राई ले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।
विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकका अध्यक्ष भरत राई ले बताउनु भयो। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको आयोजकका जबिन राईले बताउनु भयो।
हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह-आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १३ गते सनिबार यलम्बर स्पोर्टिङ क्लब(आयोजक) बेलका उदयपुर र पट्नाली फुटबल क्लब बराहक्षेत्र सुन्सरी बिच दिउसो २ बजेबाट पहिलो सेमिफाइनल खेल हुने आयोजकका व्यवस्थापक राजु राई ले बताउनु भयो।

