सुम्निमा-पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् ।
काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरे ।
उनले उक्त अभियानमा जनही १-१ लाख रुपैयाँ दिने बचन दिए । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा थिए ।
सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास दयाहाङले ब्यक्त गरे । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङको भनाई छ ।
#स्रोत:- Onlinekhabar
