
२६ माघ २०८० – बेलका। सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गाउगाउमा स्थानीयको गुनासो सुन्दै प्रतिबद्ध गर्नु भएको छ। बेलका नगरपालिकाको विभिन्न गाउको स्थानीयहरुका समस्या तथा गुनासो सुनेर उनीहरुको माग र समस्यालाई समाधान गर्न कोसिस गर्ने प्रतिबद्ध गर्नु भएको हो।
नेकपा माओवादी केन्द्र बेलका नगर कार्यसमितिको आयोजनामा बेलका ९ रामपुर बजार स्थित सिटिहलामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्त्री किराती बेलका आउनु भएको हो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ४३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नगर इन्चार्ज राकेश किरातिले बताउनु भयो।
मन्त्री किरातीले बर्षेनि हुने कोसि कट्टानको समस्या, पर्यटनको लागि ठुलो सम्भावना रहेको चिलिया टप्पु, गिदेरी खोलाको निर्माणाधीन पुल, पुरनदह लगायत विभिन्न ठाँउको अवलोकन गर्नु भएको छ भने त्यहाँका स्थानीयहरुको समस्यालाई पहिचान गर्दै समाधानको लागि सक्दो कोसिस गर्ने प्रतिबद्ध समेत जनाउनु भएको छ।