
९ साउन २०८१ – बेलका। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ।

काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनमा खसेको अधिकारीहरुले बताएका छन।

सौर्य एयरलाइन्सको जहाज पोखराको लागि रनवेबाट उड्ने क्रममा दुर्घटना भएको हो। विमानमा चालक सहित १९ जना रहेको जसमध्ये १८ जनाको मृत्यु भएको र १ जना पाइलट मनिष शाक्यको जिवित उदार गरि सिनामंगल स्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विहान बिहान ११:११ बजे दुर्घटना भएको प्राधिकरणले जनाएको छ।
