
१९ साउन २०८१ – बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी साकोसको आ.ब.२०८०।०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बेलका ८ को होटेल कोशी प्यालेसमा साउन १८ गते उक्त कार्यक्रम सम्पन्न भएको हो।
हिजो सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा साकोसको कुल सदस्य संख्या ४ हजार २३५ जना, वासालत ३१ करोड ३८ लाख पुगेको अध्यक्ष गणेश बस्नेतले बताएका छन। त्यसैगरी शेयर ३ करोड ५ लाख ३५ हजार २ सय,बचत २२ करोड ९३ लाख २५ हजार ८०४, ऋण लगानी २४ करोड ७३ लाख ७८ हजार १५१ रहेको पनि अध्यक्ष बस्नेतले भताएका छन।
यस बर्ष कर अघिको नाफा ८५ लाख २६ हजार ९८२ रहेको साथै संस्थाले आगामी आ.ब. २०८१।०८२ मा ३८ करोडको वासलात सहित १ करोड २० लाख नाफाको लक्ष्य निर्धारण गरेको व्यवस्थापक तेज बहादुर खड्काले बताए। उनले भने, “संस्थामा सदस्यहरुले संस्थालाई विश्वास गरि जम्मा गरेको बचतको सुरक्षा गर्नु संचालक समिति र हामी कर्मचारीको पनि दायित्व र जिम्मेवारी पनि हो, संस्थाबाट प्रवाह हुने सेवाहरुलाई व्यवस्थित गरि छिटो छरितो र पारदर्शी ढंगले संस्थालाई संचालन गर्ने विषयमा हामी सधै प्रतिबद्ध छौ।
सचिब दमन कटुवालका अनुसार सदस्यहरुको बृहत्तर हित र समुदायको बिकासमा विविध सामाजिक गतिविधि संचालन गर्दै आईरहेको छ। सदस्यहरुलाई व्यवसायी बनाएर आम्दानी वृद्धि गर्न उहाँहरुले संचालन गरेको व्यवसायलाई प्रभावकारि ढंगले संचालन गराउन संस्थामा व्यवसाय बिकास सेवाको स्थापना गरि सकेका छौ। अब हरेक उद्यमीलाई उहाँहरुले संचालन गरेको व्यवसाय कसरी चलिरहेको छ त्यसको अनुगमन गरी थप परामर्श गरी कर्जा लगानी गर्नेछौं।
संस्थालाई सफलताको बाटोमा अझै सशक्त ढंगले अगाडि बढाउन सम्पुर्ण शेयर सदस्यहरुलाई आ-आफ्नो ठाउँबाट लागी दिनु हुन पनि साकोसले अनुरोध गरेको छ।