
१० भदौ २०८१ – बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित कार्यकक्ष उद्घाटन भएको छ। संस्थाका अध्यक्ष गणेश बस्नेत, संस्थापक अध्यक्ष दान बहादुर कटुवाल र प्रमुख सल्लाहकार पुष्प राज सुबेदीले भदौ ९ गते सोमबार एक औपचारिक कार्यक्रमका बिच संयुक्त रुपमा रिबन काटेर नव निर्मित कार्यकक्षको उद्घाटन गरेको हो।

सदस्यहरुलाई सेवा प्रवाह गर्न चुस्त दुरुस्त र सहज होस भन्ने उद्देश्यले १५ लाख भन्दा बढी खर्च गरेर नयाँ कार्यकक्ष निर्माण गरिएको संस्थाका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो। बि. स. २०६६ सालमा एउटा सानो कोठाबाट सुरु भएको सहयोगी साकोस सदस्यहरुको सक्रियता र संस्थाको सबै पक्षको टिमको अग्रसरताले अहिले जिल्लाकै उत्कृष्ट सहकारी भएको र अब देश कै नमुना सहकारी बनाउन संस्था लागी परेको व्यवस्थापक तेज खड्काले बताउनु भयो।

उद्घाटन कार्यक्रममा स्वस्थ्य राहतकोष बमोजिम दुईजना सदस्यलाई स्वस्थ्य उपचार बापत जनही ५ हजार प्रदान गरिएको थियो। संस्थाका सदस्य हरि सङ्खर घिमिरे सवारी दुर्घटना परि मृत्यु भएको र बिमा बापत रु. १ लाख स्वर्गीय हरि सङ्खरका बुवा लक्ष्मी घिमिरेलाई सहकारी साकोसले हस्तान्तरण गरेको थियो।

संस्थाको नियम अनुसार कुमारी बैंक बेलका रामपुर शाखामा रहि लामो समयसम्म सेवा प्रदान गर्ने कार्यलय प्रमुख अमित झालाई बिदाइ गरि नव कार्यलय प्रमुख मनोहर पाठकलाई स्वागत गरिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बेस क्याम डुड्खोलाका प्रमुख तेज कुमार मगर र इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका सहि साबलाई समेत स्वागत गरिएको थियो।

संस्थाको प्रगति विवरण उपस्थित सदस्यमाझ सचिब दमन कटुवालले प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
