१६,जेठ बेलका / उदयपुर बेलका नगरपालिका वडा नम्बर १ मा बेलका मोडल पोलिक्लिनिक प्रालिको परिसर हलमा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । सामाजिक संस्था सहयोगी युवा हातहरुको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा १६३ जना भन्दा बढी नागरिकहरुले सेवा लिएको जस मध्ये २५ जनाले दाँत निकालिएको अरुलाई भने चेक जाँच गरि औषधि वितरण गरिएको सहयोगी युवा हातहरुका अध्यक्ष टीका राज योन्जनले बतानु भयो ।
दन्त शिविरमा परिक्षण गराएका बिरामीलाई डेन्टल क्लिनिकमा जादा ३० प्रतिशतसम्म छुट दिने घोषणा बेल्टार डेन्टल क्लिनिकका डाक्टर यादवले बताए । दन्त शिविरमा स्वास्थ्य शाखा रामपुरले औषधि सहयोग गरेको थियोे ।
उक्त शिविर कार्यक्रम भरी खाजा नास्ताको व्यवस्था आलोक गुप्ता र पिन्टु रायाले गरेको थियो भने कार्यक्रम प्रचारप्रसार लागि लक्षमण महत्तोले सहयोग गरेको थियो ।
बेल्टार डेन्टल क्लिनिक प्रालिका डाक्टर अमोद यादवको नेतृत्वमा गरिएको उक्त शिविर कार्यक्रममा बेलका नगरपालिकाका उप – मेयर जिरा राई लगायतको उपस्थित रहेको थियो ।