बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १४औं बार्षिकोत्सव मनाएको छ। हिजो(असोज २२ गते) स्थापना दिवसको अवसरमा मैनबती बालेर साथै केक काटेर बार्षिकोत्सव मनाएको हो।
बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथि कोसी प्रदेश सभाका पुर्व माननीय अम्बिका थापा, बेलका नगरपालिकाको पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती), प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे त्यसैगरी वडा अध्यक्षहरु, सुरक्षा निकाय, अन्य सहकारी संस्थाका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका, आदिवासी जनजाति, बैंकका प्रतिनिधि, सल्लाहकारहरु, संचालक समिति, कर्मचारी, पत्रकार र सम्बन्धित ब्याक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो।
संस्थाको १४औं वार्षिकोत्सब कार्यक्रमको अवसरमा संस्थाका ८० बर्ष माथीका आमाबुवाहरुलाई सहायक सामाग्री लौरो वितरण, ४ जनालाई स्वास्थ्य उपचार राहत जनही रु. ५ हजार का दरले वितरण, बेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे र शसस्त्र प्रहरीबल इन्स्पेक्टर केशब थापालाई स्वागत, संस्थाको कारोबारको मोबाइल sms प्रणालीको सुरुवात समेत गरेको छ।
बि. स. २०६६ असोज २२ गते २८ जना सदस्य मिलेर सुरुवात गरेको सहकारीको सदस्य अहिले ४ हजार ९ जना रहेको साथै १४ वटा बचत खातामा बचत गर्नेहरु गरि करिब १५ हजार भन्दा बढीको प्रत्यक्ष संलग्नता रहेको संस्थाका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो। संस्था स्थापनाको पहिलो बर्ष देखी नै मुनाफामा रहेको अवगत गराउदै अहिले ३ करोड आम्दानी गरेकोमा प्रशासनिक खर्च, बचतकर्तालाई ब्याज र विविध खर्च गरि ७६ लाख खुद मुनाफा रहेको अध्यक्ष बस्नेतले बताउनु भयो। साथै १३ जना स्थानीयलाई प्रत्यक्ष संस्थामा रोजगार दिएको र करिब २३ करोड ऋण लगानी गरि रोजगारीको सिर्जना गरेको अध्यक्षले बताउनु भयो।
सचिब डमन कटुवालले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई कोषाध्यक्ष मोहन घिमिरेले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो।
