२५ फागुन – बेलका। सप्तकोसीको पुलबाट नदिमा हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान १५ का ४५ वर्षीय धुर्गाप्रसाद कुरुङबाङ्ग लिम्बु रहेको स्रोतले बताएको छ।
आइतबार बिहान करिब ८ बजे उदयपुर र सुनसरीको सिमामा रहेको कोशी पुलबाट हाम फालेर उनको मृत्यु भएको हो।
लिम्बुले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हाम फालेका थिए। हाम फालेको बारे स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछी खोजतलास गर्ने क्रममा बिहान करिब १० बजे लिम्बुको शव कोशी नदीबाट निकालिएको हो। लिम्बुको शवलाई पोस्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान लगिएको छ। उनले किन हाम फालेका हुन् भन्ने बिषयमा अनुसन्धान भरहेको प्रहरीले जनाएको छ।