१२ जेठ २०८१ बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको अनुरोध तथा संघिय सांसद डा. नारायण खड्काको पहलमा कोशी बक्राहा नदी ब्यवस्थापन आयोजना मार्फत संघिय सरकारको ४९ लाख बराबरको लागतमा सप्तकोशी नदीको डुम्रीबोटे सिसौली पश्चिमीधार शकुनी कुण्ड खण्डमा कटान नियन्त्रण गर्न बिगबोल्ड ड्याम बनाउने कार्यको भुमी पुजा गरी नगर प्रमुख अशोक कार्कीले शुभारम्भ गर्नुभएको छ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा नगर प्रमुखले बेलका नगरपालिकाका पाँच वटा वडा सँगै मधेस प्रदेशको कन्चनपुर,सप्तकोशी र हनुमान नगर कङकालिनी नगरपालिका हरुलाई समेत ठुलो क्षति हुन बाट मदत पुग्ने भएको हुदा मधेस प्रदेश सरकार लाई पनि सहयोगको आह्वान गर्नुभयो ।
सो कार्यक्रममा बेलका नगरपालिका वडा नं १,२ र ९ का वडाध्यक्षहरु, अन्य जनप्रतिनिधि र उपभोक्ता समितीको अध्यक्ष सहितको उपस्थिती रहेको थियो ।