
उदयपुर, गाइघाट – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से निवासी भिम कुमारी राईलाई नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाले मृत्युदाबी भुक्तानी प्रदान गरेको छ। भिम कुमारीका श्रीमान् वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका थिए, जहाँ उनी Aspiration Pneumonia रोगका कारण निधन भएका थिए।
सन नेपाल लाइफ इन्स्योरेन्सको नियम तथा शर्तअनुसार, मृतकका परिवारलाई बीमा रकम प्रदान गर्ने व्यवस्था छ। सोही बमोजिम, गाइघाट शाखाका प्रमुख श्री बाल कुमार राई र त्रियुगा नगरपालिका १२ निवासी समाजसेबि श्री बिष्णु राईको उपस्थितिमा मृतकका श्रीमती भिम कुमारी राईलाई रु. १३,००,००० (तेह्र लाख) को चेक हस्तान्तरण गरिएको छ।
यस भुक्तानीसँगै सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक दायित्वको पालनाका साथै बीमित व्यक्तिहरूको सुरक्षामा निरन्तरता दिएको छ।