बेलका, १३ साउन। श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत आज धान रोपिएको छ। बेलका नगरपालिका ९ रामपुर कमलाबारीमा अवस्थित उक्त बिद्यालयका विद्यार्थीहरुको उपस्थिति तथा बि.व्य.स. अध्यक्ष भरत घिमिरेको नेतृत्वमा धान रोपिएको हो।
बिद्यालयमा अध्यनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरु “पढ्दै कमाउदै” कार्यक्रममा सहभागी हुँदै आएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष भरत घिमिरेले बताउनु भयो। घिमिरेका अनुसार सो कार्यक्रम अन्तर्गत माहुरी पालन, बाख्रा तथा भैंसी पालन, तरकारी खेती आदि गर्दै आएको छ। पढ्दै कमाउदै कार्यक्रममा विद्यार्थीहरुले गरेको कामको आधारमा त्यसबाट लाभ हुने रकम विद्यार्थीहरुको खातामा जम्म गर्दै आएका छौँ, घिमिरे ले भने “यसो गर्दा विद्यार्थीहरुलाई आर्थिक सहायता हुन्छ र काम गर्ने बानीको बिकास समेत हुन्छ”
केहि समय अगाडि प्रकाशन भएको एस.इ.इ. को नतिजामा बेलका नगरपालिकाको बिधालयहरु मध्य सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्दै कक्षा ११ मा शिक्षा संकायको विविध विषयहरुमा भर्ना खुलेको पनि घिमिरेले जानकारी गराउनु भयो।
श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर