
१० असोज – बेलका। वर्ल्ड नेवर्स र हुरेन्डेकको संयुक्त साझेदारीमा संचालित विद्यालय बगैँचा अन्तर्गत बेलका ५ स्थित श्री देउराली आधारभुत विद्यालयमा करेसाबारिको अनुगमन अवलोकन कार्यक्रम सम्पन्न भएको छ। वर्ल्ड नेवर्स का USA हेड अफिस बाट आउनुभएका कार्यकारी निर्देशक लगायत ७ सदस्यीय प्रतिनिधि टोलि साथै हुरेन्डेक उदयपुरका अध्यक्ष लगायतका प्रतिनिधि टोलिबाट अनुगमन कार्य सम्पन्न भएको हो।

कार्यक्रममा बेलका नगरपालिकाको पुर्व मेयर तथा हुरेन्डेकका प्रमुख सल्लाहकार दुर्गा थापा स्वस्ति, बेलका वडा नं ५ का वडा अध्यक्ष दिपकराज रेग्मि, बि. ब्य. स. सदस्यहरु, शिक्षक अभिभावक संघ, अभिभावकहरु, शिक्षक/शिक्षिका साथै विद्यालय बगैँचा समितिमा आवद्द ३० सदस्य विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा वर्ल्ड नेवर्सका साउथ एसिएन डाइरेक्टर सृजना कार्किले भासा अनुबाद गर्दै सहजीकरण गर्नुभएको थियो। विद्यार्थीहरुले बिद्यालय बगैंचा कार्यक्रम अन्तर्गत आ आफ्नो बिचार र अनुभवहरु सुनाएका थिए। विद्यार्थीहरुको अनुभव, लगनशीलता र बिद्यालय बगैंचा कार्यक्रमको गतिविधि देखेर सुनेर वर्ल्ड नेवर्स USA हेड अफिसबाट आउनु भएका टोलिहरु प्रफुल्ल भइ खुसी व्यक्त गर्दै विद्यालयले गरेको स्वागत, सम्मान र सत्कार प्रति धन्यवाद व्यक्त गर्नु भयो।

बि. ब्य. स. अध्यक्ष टंक ब. खतिवडाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्र. अ. शिवप्रकाश गुप्ताले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो। कार्यक्रम शिक्षक प्रतिनिधि लोकमान तामाङले संचालन गर्नु भएको थियो।




