
९ फागुन २०८० – बेलका। बेलका नगरपालिका ९ रामपुर बजारको दायाँबायाँ दुवैतर्फको बाटो पिच(कालोपत्र) भइरहेको छ। उक्त कालोपत्रको काम आजबाट सुरु भएको हो।
वडा अध्यक्ष पदम खड्काको अनुसार बेलका नगरपालिका वडा नं. ९ को पहलमा सडक डिभिजन लाहानले उक्त काम गरिरहेको बताउनु भयो। खड्काको अनुसार मुख्य बाटो रामपुर बजार आसपासको दायाँबायाँ दुवैतर्फ डेड डेड मिटरको हिसाबले बाटो बढाउने अर्थात कालोपत्रको काम भइरहेको छ। त्यसैगरी कोसि पुल देखि आमबासी सम्मको बाटो मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम समेत गरिने अध्यक्ष खड्काले बताउनु भएको छ।